काठमाडौ :प्रहरी बृत महाराजगन्जको टोलिले लागु औषध खैरो हेरोइन सहित २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा जिल्ला झापा, धुलावारी नगरपालिका १० घर भइ जिल्ला काठमाण्डौं, बसुन्धारा बस्ने वर्ष २८ को बिसाल पाठक ,जिल्ला झापा, मेचिनगर १० घर भइ जिल्ला काठमाडौं, बसुन्धारा बस्ने वर्ष २१ को ईमान महमद रहेका छन।

 जिल्ला काठमाडौं, टोखा नगरपालिका ६ ग्राण्डी स्थित लागु औषध सेवन गरिरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले लागु औषध खैरो हेरोइन ३.५१ ग्राम सहित दुई जनालाई पक्राउ  गरेको छ ।

पक्राउ परेकाहरु माथी काठमाडौं जिल्ला अदालतबाट लागु औषध सम्बन्धी कसूरमा दिन ५ को म्याद थप अनुमति लिइ प्रहरी वृत महाराजगञ्जबाट अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौका सुचना अधिकारी पवन कुमार भटटराइले जानकारी दिनु भयो ।