काठमाडौँ: डीएसपी मधुकुमार थापा आन्दोलनकै क्रममा घाइते भएर पनि हातहतियार र टोली सुरक्षित गर्न सफल भएका थिए।
जेन–जी आ'न्दो'लनको क्रममा भदौ २४ गते काठमाडौंको कालीमाटी प्रहरी वृत्तका प्रमुख प्रहरी नायव उपरीक्षक मधुकुमार थापाले आ'न्दो'लनकै क्रममा घा'इते भएर पनि हातह'तियार र टोली सुरक्षित गर्न सफल हुनुभएको थियो । 

डीएसपी थापा भदौ २३ गतेको प्रदर्शनका दिन माइतीघर मण्डलामा प्रदर्शन नियन्त्रणका क्रममा रड प्रहार हुँदा दाहिने खुट्टामा चोट लागेर घा'इते भएका थिए । थापालाई चिकित्सकले १० दिन आराम गर्न भनेपनि २४ गते बिहानै कालीमाटीमा आगलागीको खबर पाएपछि उहाँ टोलीसहित त्यहाँ पुगेर सबै हातह'तियार सुरक्षित राखेर टोलीसहित काठमाडौँ प्रहरी परिसरमा पुर्‍याउन सफल भएका थिए। 

सर्लाही जिल्ला बागमती नगरपालिका पानीटंकी चोक घर भ‌एका थापाले बस्गमती प्रदेश प्रहरी कार्यालय, रौतहट जिल्लामा जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा कार्य गरिसक्नुभएको छ।