काठमाडौ:मोरङ जिल्लाको बिभिन्न स्थानहरुबाट लागू औषध ब्राउन सुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा सुनसरी देवानगंज गाउँपालिका-२ का बिकाश कुमार यादब र भारत बिहार पुर्णियाका कृष्ण कुमार मेहता रहेकाछन।

 कार्तिक १९ गते मोरङको विराटनगर-५ स्थितमा लागू औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले BR50AD 0227  नम्बरको स्कुटरमा सवार लाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा ५३ ग्राम १७ मिलिग्राम ब्राउन सुगर बरामद भएकोले दुबैलाई नियन्त्रणमा लिएको हो । 

त्यसैगरी प्रहरी चौकी कुशेचौरीले पथरीशनिश्चरे नगरपालिका-९ का २३ बर्षीय कबिन कार्कीलाई ९३० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । पक्राउ गरेका उनिहरुको थप अनुसन्धान भईरहेको छ कोशी प्रहरी प्रदेश कार्यालयका प्रबक्ता दीपक पोखरेलले जानकारी दिनु भयो।