काठमाडौ : जटिल प्रकारको रोगको उपचार गराउदै आइरहनु भएका वरिष्ठ लोकदोहोरी गायक रेशम थापालाई मेची-काली रेडियो श्रोता समूहको तर्फबाट आज अस्पताल पुगेर संस्था सचिव दिपक ढुंगाना र सदस्यद्वय सबिता भट्ट र निर्मला गिरि ज्यु सहितको उपस्थितिमा रु १० हजार रुपैया सहयोग रकम हस्तान्तरण  गरेको छ । 

मेची-काली रेडियो श्रोता समूह २०६५ सालदेखि नै नेपाली गीत सङीत तथा बिबिध प्रकारको सामजिक कार्यहरु तथा सामाजिक सेवामा सकृय रुपमा रहेको सामाजिक संस्था हो । उच्च रक्तचापले गायक थापाको शरिर केहि बर्ष अगाडिदेखि प्यारालाइसिस भएपछि राम्रो संग हिड्न र गाउन समेत नसक्ने स्थितिमा हुनुहुन्छ।

 अहिले काठमाडौको के एम सी अस्पतालमा उहाँको जटिल प्रकारको शल्यक्रिया सफलतापुर्बक सम्पन्न भैसकेको र स्वास्थ क्रमिक सुधार हुँदै गरेको जानकारी समेत गायक थापाले भेटमा बताउनु भएको छ। गायक थापाका अनुसार अझै पनि थप उपचारको लागि ठूलो रकम लाग्ने र सोको ब्यबस्थापन सहयोगी हातहरु मार्फत नै क्रमशः ब्यबस्थापन हुँदै गरेको समेत टिम मेची- कालीसङ्गको भेट्मा बताउनु भएको थियो। ग्रेटर नेपाल पब्लिकेसन प्रा.ली  गायक थापाको शिघ्र स्वास्थ लाभको समेत कामना गर्दछ ।