काठमाडौ:जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं ८ स्थितमा लागूऔषधको कारोबार भईरहेको छ भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागुऔषध नियन्त्रण शाखा कार्यालय सुर्खेतबाट खटिएको संयूक्त प्रहरी टोलीले लागुऔषध ब्राउनसुगर सहित ३ जनालाइ पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं ५ घर भई वडा नं ८ स्थितमा बिसाउने चौतारी क्याफे संचालन गरी बस्ने बर्ष २८ को हिमाल आले ,वडा नं ४ मुलपानी बस्ने बर्ष २६ को सरोज ढकाल ,वडा नं १ बस्ने बर्ष ४७ को प्रेम गुरुङ रहेकाछन।
जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं ५ घर भई वडा नंव ८ स्थितमा बिसाउने चौतारी क्याफे संचालन गरी बस्ने बर्ष २८ को हिमाल आलेलाई शंकास्पद अवस्थामा फेला पारी निजको शरिर तथा निजले संचालन गरेको बिसाउने चौतारी क्याफे होटल खानतलासि गर्दा निज संचालन गरेको होटलको शौचालयको भेन्टीलेसनमा लुकाई छिपाई राखेको शुद्द ११ ग्राम ४७० मिलिग्राम लागूऔषध ब्राउनसुगर बरामद भएको थियो।
प्रहरीले थप अनुसन्धान गर्दा सोहि घटनामा संलग्न वडा नं ४ मुलपानी बस्ने बर्ष २६ को सरोज ढकाललाई फेलापारी निजको शरीर खानतलासी गर्दा निजको साथबाट ०.३६ मिलिग्राम लागूऔषध ब्राउनसुगर बरामद भएको थियो ।प्रहरीले उनिहरुकोसाथबाट लागुऔषध ब्राउनसुगर जम्मा १५ ग्राम १० मिलिग्राम र नेपाली नोटहरु १ लाख ७१ हजार ३ सय तिस नगद र कैची थान २ समेत बरामद गरेको थियो।
पक्राउ परेकाहरु माथि अदालत्बाट मुद्दा दर्ता गरी म्याद थप भई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख सुधिरराज शाहिले जानकारी दिनु भयो ।


0 comment