जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलिले नक्जली चुरोट सहित एकजनालाइ पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं. ३  बस्ने  बर्ष ३५ को जिवन कुमार शाही रहेका छन।

जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं ३ मुलपानी चोक स्थितमा विना बिल बिजकको नक्कली चुरोटको जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं. ३  बस्ने   जिवन कुमार शाहीले कारोबार गरिरहेको छ भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी  कार्यालयबाट खटिएको टोलीले शाहीले सोही स्थानमा संचालन गरेको मेसी नामक स्टोरमा छापा मारेको थियो। 

प्रहरीले उक्त स्थानबाट नक्कली चुरोट  ५०० बट्टा र खुल्ला ४ बट्टा गरी जम्मा ५०४ बट्टा खुकुरी चुरोट ल्याई बिक्री वितरण गरी रहेको अवस्थामा शाहीलाई समेत नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागी राजश्व अनुसन्धान कार्यालयमा सुर्खेतमा पठाई अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख सुधिर राज शाहीले जानकारी दिनु भयो।