जिल्ला प्रहरी कार्यालय ,सुर्खेत मातहतको टोलिले धारिलो हतियार प्रहार गरि हत्या गरेको आरोपमा एकजनालाइ पक्राउ गरेको छ।पक्राउ पर्नेमा मृतकको छोरा बर्ष  ३५ का कबिराम  बस्नेत रहेका छन।

 जिल्ला  सुर्खेत  भेरीगंगा नगरपालिका वडा नम्बर १२ मसिनाटोल बस्ने कबिराम  बस्नेतले आफनै आमा वर्ष ५० कि धनिकला बस्नेतलाई घरमा सुतिरहेको अवस्थामा फरुवाले टाउकोमा प्रहार गरी घाइते  बनाएको थियो ।घाइतेको उपचारको लागि कर्णाली प्रदेश अस्पताल कालगाउ सुर्खेततर्फ पठाएकोमा सोही दिन सोही समय डाक्टरले मृत घोषणा गरेको थियो ।

कुटपिट गर्ने  मृतकको छोरा कबिराम  बस्नेतलाई छिन्चुबाट खटिएका  प्रहरी टोलिले छिन्चु बजार क्षेत्रबाट नियन्त्रणमा लिई इलाक प्रहरी कार्यालय छिन्चुमा ल्याई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक सुधिरराज शाहीले जानकारी दिनु भयो।