काठमाडौ: प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरी टोलीले चितुवाको छाला सहित एकजनालाइ पक्राउ गरेको छ।
पक्राउ पर्नेमा जिल्ला भक्तपुर चागुँनारायण नगरपालिका वडा नं ५ बस्ने वर्ष ४६ की मथुरा वि.क. र जिल्ला काठमाडौं शंखरापुर नगरपालिका वडा नं. ६ बस्ने वर्ष ४० की रामदेवी श्रेष्ठ रहेका छन।
जिल्ला ललितपुर ललितपुरमहानगरपालिका वडा नं १७ स्थित वि एण्ड वि अस्पताल, ग्वार्को छेउमा रहेको आगमन थकाली चुलो एण्ड क्याफेमा नेपाल सरकार वन तथा संरक्षण मन्त्रालय राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको संरक्षित जीवहरुको सूचीमा रहेको चितुवाको छाला अवैध रुपमा लुकाई छिपाई कारोबार हुँदै छ भन्ने गोप्य सूचना प्रहरीले पाएको थियो।
प्रहरी उक्त स्थानमा पुगी शंकास्पद व्यक्तिहरु लाई चेकजाँच र खानतलासी गर्दा निजहरु मध्ये रामदेवि श्रेष्ठले बोकेको सेतो हाते झोला भित्र चितुवाको छाला जस्तो देखिने ४.२ X १.७ फिट रहेको रौँ सहितको छाला ओखेटो पहार थान-१ फेला पारी थप अनुसन्धान भइरहेको प्रहरी बृत सतदोबाटोका प्रहरी नायब उपरीक्षक पुर्णिमा चन्दले जानकारी दिनु भयो।


0 comment