काठमाडौ — कान्ति बाल अस्पतालका वार्डहरुमा चार्जमा राखेको मोवाइल चोर्नेको विगविगी छ । विरामी कुरुवाहरुले वेडमा रहेको लाइनबाट मोवाइल चार्च गर्न पाइन्न । मोवाइल चार्चका लागि विभिन्न वार्डहरुमा चार्जिङ स्टेसनहरु राखिएका छन । ती स्टेसनहरुमा मात्र मोवाइल चार्ज गर्न पाइन्छ । ती स्टसनहरुमा चार्जमा राखेका मोवाइल सेकेन्डभरमै चोरले चोर्ने गरेको दृष्य अस्पतालमा जडान गरिएका सिसि क्यामेरामा देख्न सकिन्छ । उदयपुरबाट आफ्नी बहिनीको उपचार गर्न आएकी एक किशोरीको रु २०००० मा खरिद गरेको भिबो कम्पनीको मोवाइल अस्पतालको २ नम्बर सर्जिकल वार्डको चार्जर स्टेसनमा चार्जमा राखेर केही मिनेट मात्रै छोडदा तत्काल चोरी भयो ।
कपनबाट आफ्नी छोरीको उपचारमा कान्ति बाल अस्पतालको २ नम्बर सर्जिकल वार्डमा कुरुवा बसेका एकजना अभिभावकको पनि त्यही समयमा भिबो कम्पनीकै मोवाइल चोरी भयो । मोवाइल चोरी भएपछि अस्पतालमा रहेको प्रहरी विटका प्रहरीलाई खबर भएपछि अस्पतालको सिसि क्यामेरा फुटेजहरु हेरिएको थियो । सिसि क्यामेरामा हेर्दा करिब दिनको १२ वजेतिर कान्ति बाल अस्पतालमा धमिलो गरी बा ८१ प ४१७८ जस्तो नम्बर देखिने स्कुटीमा २ जना व्यक्ती अस्पतालमा प्रवेश गरेको र तीनै २ जना व्यक्तीले मोवाइल चोरी सोही स्कुटीमा बाहिर गएको प्रष्ट देखिन्छ । सोही सिसि क्यामेराका फुटेजहरु भेटिएपछि अस्पतालमा कुरा गर्दा आफ्नो समान आफै जतन गर्नु पर्छ भन्ने जवाफ आएको थियो । तर अस्पतालमा जडान भएका सिसि क्यामेराका फुटेजहरुमा हेर्दा अस्पतालमा मोवाइल चोर्ने व्यक्ती पेसेवर चोर जस्तै देखिन्छन । राम्रै अवस्थामा आउने र मोवाइल चोरेर जाने गरेको देखिन्छ । यसप्रति प्रशासन मौन देखिन्छ । विषेश गरी रातीको समयमा चोरी हुने गरेको विरामी कुरुवाको गुनासो छ ।
अस्पतालमा विगतदेखि नै थुप्रै आइफोन लगायतका मोवाइलहरु चारी हुने गरेको त्यहाँका विरामी कुरुवाहरुले विशाल नेपाल अनलाइनलाई बताएका थिए । हामीले प्रहरीसँग कुरा गर्दा भद्रकालीको चोरी शाखामा गएर उजुरी गर्न सकिने बताए । हामीले पनि निगरानी त गरेकै हुन्छौ तर विरामीको आफन्त भन्दै भित्र आउछन त्यही भएर चोर पक्रिन नै कठिन भएको अस्पताल हाताभित्र रहेको प्रहरीको भनाइ छ । कान्ति बाल अस्पतालमा चोरीको विषयमा अस्पताल प्रशासनले सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाएको पाइएन । मोवाइल चोर्ने मान्छेहरुको अनुहार सिसि क्यामेराका फुटेजहरुमा थुपै्र भेटिए, तर पनि अहिलेसम्म चोरलाई पक्रिएको देखिएन । यस बारेमा अस्पताल प्रशासन गम्भीर बन्न आवश्यक छ ।


0 comment