काठमाडौ :जिल्ला प्रहरी परिसर, काठमाडौं मातहतको स्वय्स्म्भु बृतको टोलिले विभिन्न स्थानहरुमा सुनको सिक्री चोरी, लुटपाट गर्ने ५ जनालाइ पक्राउ गरेको छ।
पक्राउ पर्नेहरु मा जिल्ला सिन्धुली, हरिहरगढी गाउँपालिका ६ घर भइ जिल्ला भक्तपुर, सूर्यविनायक नगरपालिका ५ स्थित तिनधारेमा डेरा कोठा बस्ने वर्ष २८ को राज लामा ,
जिल्ला उदयपुर, ताप्ले गाउँपालिका ४ घर भइ जिल्ला भक्तपुर, बस्ने वर्ष २० को विशाल भन्ने दुर्ग बहादुर मगर?
जिल्ला रामेछाप, लिखु तामाकोसी गाउँपालिका ६ घर भइ जिल्ला भक्तपुर, चाँगुनारायण नगरपालिका २ सल्लाघारीमा श्री लक्ष्मी ज्वलर्स सञ्चालन गर्ने वर्ष ३२ को दिल बहादुर बि.क.,जिल्ला बागलुङ, गल्कोट नगरपालिका २ घर भइ जिल्ला काठमाडौँ, बूढानीलकण्ठ नगरपालिका ६ सरस्वती नगरेमा रहेको बागलुङ कालिका ज्वेलर्सका सञ्चालक वर्ष ४० को गोबिन्द सुनार ,जिल्ला कैलाली, लम्कीचुहा नगरपालिका ७ घर भइ जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका २२ स्थित रहेको मनु जेम्स एण्ड ब्वलर्सका सञ्चालक सन्तोष सुनारको छोरा वर्ष २२ को दिपेस रसाईली रहेका छन।
लुटपाट गर्ने समुहले जिल्ला ललितपुर नख्खुडोलबाट १.५ तोलाको सिक्री ,जिल्ला काठमाडौँ, नागार्जुन नगरपालिका ३ सिङ्गल ट्री नजिकबाट १ तोला १५ लालको आधा सिक्रि ललितपुर बुद्दचोकबाट ३ तोलाको सिक्री
जिल्ला काठमाडौं, नागार्जुन नगरपालिका १ राधाकृष्ण मन्दिर नजिकबाट १ तोलाको सिक्री, रामकोट टेम्पो पार्क नजिकबाट १ तोला २५ लालको सिक्री ,जिल्ला काठमाडौँ, नागार्जुन नगरपालिका ५ थापाचोक नजिकबाट झोला र Samsung कम्पनीको मोबाइल थान १ ,जिल्ला काठमाडौँ, तार्केश्वर नगरपालिका बालाजु नेपालटार स्थितबाट २ तोलाको सिक्रि चुडालेर लगेको थियो।
उपत्यकाका विभिन्न स्थानहरूमा सुनको सिक्री चोरी तथा लुटपाट गर्ने कार्यमा संलग्न निम्न ५ जनालाई प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिइ सम्मानित काठमाडौं जिल्ला अदालतबाट चोरी सम्बन्धी कसूर मुद्दामा दिन ८ को म्याद थप अनुमती प्राप्त भइ अनुसन्धान कार्य भई रहेको छ जिल्ला प्रहरी परिसरका सुचनाअधिकारी पवन भट्टराइले जानकारी दिनु भयो।


0 comment