काठमाडौ : कुटपिट गरी नगद तथा सुनको सिक्री चोरी तथा लुटपाट गर्ने ३जनालाइ पक्राउ गरेको छ।पक्राउ पर्नेहरुमा जिल्ला मकवानपुर, हेटौँडा घर भइ  काठमाडौं, चन्द्रागिरी नगरपालिका ५ बस्ने वर्ष २१ को अर्जुन श्रेष्ठ 
जिल्ला झापा, झिलझिले घर भइ काठमाडौं महानगरपालिका पुरानो नैकाप बस्ने वर्ष २० की सुस्मिता महर्जन भन्ने सिर्जना राई जिल्ला रामेछाप घर भइ  काठमाडौं, डल्लु बस्ने वर्ष २२ की बिनिता मगर रहेको छ।

 काठमाडौं महानगरपालिका २७ राष्ट्रिय नाँचघर अगाडी सडक पेटीमा पैदल हिँड्दै गरेका व्यक्तिलाई केही मानिसहरूले कुटपिट समेत गरी निजको साथमा भएको नगद, २ तोलाको सुनको सिक्री र मोबाइल समेत चोरी तथा लुटपाट गरी फरार भएका थिए। 

लुट्पाट भएको सूचना पाए पछि प्रहरीले खोजि गर्ने क्रममा उक्त घटनामा संलग्न मानिसहरूलाई  जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका २७ संचयकोष स्थितबाट लुकाइ छिपाइ चोरी तथा लुटपाट भएको  २३.३० ग्राम  तौल रहेको सुनको  सिक्री थान - १ ,Redmi कम्पनीको मोबाइल थान - १ र नेपाली नगद रू.२ हजार ३५ रुपैया सामानहरू सहित नियन्त्रणमा काठमाडौं जिल्ला अदालतबाट दिन ६  को म्याद थप लिइ अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौका सुचना अधिकारी पवन भट्टराईले जानकारी दिनु भयो ।