काठमाडौ :जिल्ला प्रहरी परिसर, काठमाडौंले कर्तव्य पालनको क्रममा बर्दीमा रहेका प्रहरीको ज्यान माथि आक्रमण गर्ने, आगजनी गर्ने, हतियार लुटपाट गर्ने अपराधमा संलग्न व्यक्ति पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्ला दोलखा, शैलुङ गाउँपालिका १ घर भइ काठमाडौं महानगरपालिका ३२ जडीबुटी बस्ने वर्ष ४८ को गौतम घिसिङ रहेका छन।

२०८२भाद्र २४ गते भएको जेनजीले गरेको प्रदर्शनको क्रममा विभिन्न स्थानहरूमा सार्वजनिक सम्पत्ति तोडफोड तथा आगजनी गर्ने कार्यमा संलग्न रही प्रहरी वृत्त नयाँ बानेश्वरमा आगजनी गर्ने, प्रहरी टोली माथि आक्रमण गरी बर्दी खोल्न लगाई बाग्मती खोलामा साङ्घातिक आक्रमण गर्ने, कर्तव्य पालनमा खटिएका प्रहरीको हतियार तथा गोलीगठ्ठा लुटपाट गरेका थिए। 

लुटपाट् गर्ने घिसिङलाई नियन्त्रणमा लिइ काठमाडौं जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग र आपराधिक उपद्रव गर्न नहुने कसूरमा दिन ८ को म्याद थप अनुमति लिइ अनुसन्धान भइरहेको छ।

 प्रक्राउ परेका घिसिङ मिति २०७९असोज ४ र मिति २०७९ फागुन १० गते प्रहरी वृत्त गौशालाबाट बैंकिङ कसूरमा मुद्दा दर्ता भइ फरार रहेको समेत देखिएको ।
जिल्ला प्रहरी परिसर काठमाडौका सुचना अधिकारी पवन कुमार भट्टराईले जानकारी दिनु भयो