काठमाडौं - काठमाडौंको चन्द्रागिरिमा भीषण आगलागी भएको छ ।
चन्द्रागिरि नगरपालिका वार्ड नम्बर १० बोसीगाँउ स्थित हिराकाजी महर्जनको जग्गा भाडामा लिई रमेश पोदारले सञ्चालन गरेको आरएमबि प्लास्टिक प्याकेजिङ हाउसमा गएरातिबाट सुरु भएको आगलागी अझै नियन्त्रणमा आएको छैन ।
दमकल र पानि ट्याङकरको प्रयोगले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरले जनाएको छ । आगो निभाउने कार्य जारी रहेको जनाइएको छ ।
चन्द्रागिरि नगरपालिकाको दमकल, विशाल बजार वारुण यन्त्र दमकल, बालाजुको वारुण यन्त्र दमकल, ललितपुर महानगरपालिकाको दमकल, भक्तपुर नगरपालिकाको दमकल। बौद्ध रामहिटिको दमकल र बुढानीलकण्ठ नगरपालिकाको दमकलले आगो नियन्त्रणमा प्रयोग गरिएका छन् ।


0 comment