काठमाडौं - काठमाडौँको शंखरापुर नगरपालिका ६ साँखु सलम्बुटारमा सवारी साधनको ठक्करबाट तीन जनाको मृत्यु भएको छ ।
घरमा सुतिरहेको अवस्थामा ट्रिपरले ठक्कर दिँदा तीन जनाको मृत्यु भएको प्रहरी प्रभाग साँखुका प्रहरी सहायक हवल्दार नरेन्द्र सिपालीले जानकारी दिए ।
दुई जना बच्चा र एक वृद्ध गरी तीन जनाको मृत्यु र तीनै जनाको थप विवरण आउन बाँकी रहेको उनले बताए ।
द्वन्द्वपीडित तथा अपांग समाज नेपाल (सीभीडीएस) ले सञ्चालन गरेको जस्ताको टहरामा बा २ क ६५८० नम्बरको ट्रिपर बाटो छाडेर आश्रयस्थलको टहराभित्र छिरेको जनाइएको छ ।
नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारका क्रममा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ ।


0 comment