काठमाडौं - पूर्वयुवराज पारस शाह पाँच दिनको अस्पताल बसाइपछि डिस्चार्ज भएका छन्।
अस्पतालका अनुसार उनको स्वास्थ्य अवस्थामा सुधार आएपछि आज डिस्चार्ज गरिएको हो। शाहलाई आइतबार हृदयघात भएपछि थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको थियो।
शाहको आइतबार बेलुकी नै एन्जियो प्लास्टिक गरिएको थियो । डा. यादव भट्ट नेतृत्वको चिकित्सकको टोली उनको उपचारमा संलग्न थिए। वंशाणुगतकै कारण पारसलाई पटकपटक हृदयघात हुने गरेको चिकित्सकको अनुमान छ । चिकित्सकका अनुसार पारसलाई अहिलेसमेत चौथो पटक हृदयघात भएको थियो । उनलाई यसअघि पनि मुटुमा समस्या हुने गरेको थियो।


0 comment