काठमाडौं - अमेरिकाले नेपाल फर्काइ दिएका आठ नेपाली नागरिकलाई थप सोधपुछका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको छ ।
अमेरिकाको ‘चार्डट’ विमानबाट काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका उनीहरुलाई अध्यागमक प्रक्रिया पूरा गरी सोधपुछका लागि प्रहरीको जिम्ममा लगाइएको विमानस्थलस्थित अध्यागमन कार्यालयले जनाएको छ ।
आधिकारिक कागजात नभएका अवस्थामा नियन्त्रणमा लिई आठ जना नेपाली अमेरिकाको चार्टड विमानबाट काठमाडौँ फर्काइएका हुन् ।
अर्का एक नेपाली पनि आजै कतार एयरवेजको नियमित उडानबाट डिपोर्ट भएर काठमाडौं आइपुगेको विमानस्थलस्थित अध्यागमन कार्यालयका अध्यागमन अधिकृत यज्ञराज अर्यालले पुष्टि गरे । ‘हामीले अध्यागमन प्रक्रिया पूरा गरेर उहाँहरुलाई पठायौं,’ अधिकृत अर्यालले भने, ‘चार्टट विमानबाट आएका आठ जनाका सम्बन्धमा नेपालले अनुसन्धान गरिरहेको छ ।यसअघि अमेरिकाबाट २७ नेपाली डिपोर्ट भएर फर्किइसकेका छन् ।
जहाज भोलि बिहीबार दिउँसो ३ बजे अल्बानिया हुँदै अमेरिका फर्कने विमानस्थलले जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल सम्हालेयता नियमित अन्तर्राष्ट्रिय उडानबाट आधिकारिक कागजात नभएका नेपाली घरफर्किरहेका छन् ।


0 comment