काठमाडौं - थापाथलीमा मेलम्चीको पाइप फुटेको छ ।
मंगलबार बिहानै पाइप फुटेपछि उक्त क्षेत्रमा बाढी आएको र सडकसमेत अवरुद्ध भएको छ ।
यसअघि पनि बबरमहल क्षेत्रमा खानेपानीको मुख्य पाइप लाइन फुटेर बाढी आउँदा त्यस क्षेत्रका सरकारी कार्यालयहरू डुबानमा परेका थिए ।
बबर महलमा विद्युत प्राधिकरणको काम गर्ने क्रममा पाइप फुटेपनि थापाथलीमा के कारणले पाइप फुटेको हो पत्ता लाग्न सकेको छैन् ।


0 comment