नेपाल बीमा प्राधिकरणका पूर्वअध्यक्ष सूर्य प्रसाद सिलवालले भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट सफाइ पाएका छन्।
न्यायाधीशहरू तेज नारायण सिंह राई, राम बहादुर थापा र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले सिलावाललाई सफाइ दिने फैसला सुनाएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध कानुनविपरीत ९ महिनासम्म पदमा रहेको, नागरिकता तथा राहदानीमा केरमेट र जालझेल गरेको भन्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
सिलवाललाई झुटो जन्ममिति कायम गरी सरकारी ओहोदामा रहेर आर्जन गरेको ३६ लाख ६२ हजार १ सय ५४ रुपैयाँसमेत जफत गर्न अख्तियारले मागदाबी गरेको थियो।


0 comment