काठमाडौं—चन्द्रागिरि नगरपालिका वडा नं. ४ बालश्रममुक्त वडा घोषणा भएको छ । ४ नम्बर वडा कार्यालयले एक भव्य कार्यक्रमको आयोजना गरी वडालाई बालश्रम मुक्त वडा घोषणा गरेको हो । सम्पूर्ण वडाबासी विद्यालयका शिक्षक विद्यार्थी लगायतका समूहको ¥याली वडा घोषणा समारोहमा सहभागी भएको थियो । चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीको प्रमुख अतिथ्यता तथा नगर उपप्रमुख बसन्ती श्रेष्ठको विशेष अतिथ्यतामा सम्पन्न घोषणा समारोहमा अन्य वडाका वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरुको बाक्लो उपस्थिती थियो ।
कार्यक्रममा नगर प्रमुख गिरीले वडा नं ४ का वडा अध्यक्ष कृष्ण प्रसाद खड्गीलाई घोषणा समारोह प्रमाण पत्र हस्तान्तरण गरी वडा नं ४ बालश्रम मुक्त वडा घोषणा गरियो । घोषणा समारोहमा शुभकामना मन्तव्य राख्दै नगर प्रमुख गिरीले चन्द्रागिरि नगरपालिका बालबालिकाको अधिकार सुनिश्चित गर्ने सवालमा निकै संवेदनशिल रहेको बताउनु भयो । चन्द्रागिरि नगरपालिकाका सबै वडालाई बालश्रम मुक्त बनाउदै लगिने र अन्त्यमा नगरलाई नै बालश्रममुक्त नगर घोषणा बनाउने प्रमुख गिरीको भनाई थियो ।
यसका साथै नगरपालिकाका वडाहरुलाई बालमैत्री स्थानीय शासन घोषणा गर्ने क्रममा रहेको र वडा नं. १४ अगाडी बढिसकेको जानकारी समेत नगर प्रमुख गिरीले दिनुभयो । मन्तव्यकै क्रममा नगर उपप्रमुख बसन्ती श्रेष्ठले घोषणा गर्नु भन्दा पनि त्यसलाई टिकाइराख्न सबैको भूमिका हुने बताउनु भयो । बालश्रम मुक्त वडाभित्र कसैले पनि १४ वर्षमुनीका बालबालिकालाई कुनैपनि किसिमको काममा लगाउन नपाइने र १५ देखि १८ वर्षका बालबालिकालाई काममा लगाउनु परेमा श्रम कार्यालयको स्वीकृती लिएर हप्तामा ३६ घण्टाभन्दा बढी काममा नलगाउने र सरकारले दिएको न्युनतम तलब १७ हजार ५ सय दिनुपर्ने समेत बताउनु भयो । साथै नगरभित्र कसैले होटेल रेष्टुरेन्ट घर कलकारखाना लगायतका ठाउँहरुमा बालश्रमको प्रयोग गरेको देखेमा जो कोहीले पनि नगरपालिका तथा वडामा जानकारी गराउन समेत आग्रह उपप्रमुख श्रेष्ठले गर्नुभयो ।
कार्यक्रममा वल्र्ड भिजन इन्टरनेसनल नेपालका प्रतिनिधिले बालश्रम मुक्त वडा अभियानमा स्थानीय सरकार सँगै काम गर्न पाउदा निकै गौरब लागेको बताउनु भयो । कार्यक्रम वल्र्ड भिजन इन्टरनेसनल नेपाल र बाल विकास समाजको सहयोग रहेको थियो भने कार्यक्रममा विभिन्न विद्यालयबाट सहभागी भएका बालबालिकाहरुले नृत्य प्रस्तुत समेत प्रस्तुत गरिइएको थियो । वडालाई बालश्रम मुक्त बनाउने क्रममा अहोरात्र खटिएका वडाका जनप्रतिनिधि कर्मचारी लगायत विभिन्न व्यक्तित्वहरुलाई कदर पत्रसहित मायाको चिनोसमेत प्रदान गरिएको थियो । वडा नं. ४ का वडा अध्यक्ष एवं नगर प्रवक्ता कृष्ण प्रसाद खड्गीले सबैलाई धन्यवाद्सहित समारोहको समापन गर्नु भयो । चन्द्रागिरि नगरपालिकाका वडा नं. ४ सहित जम्मा ११ वटा वडा बालश्रम मुक्त वडा घोषणा भइसकेका छन भने बाकी वडा पनि घोषणा हुने क्रममा रहेका छन् ।


0 comment