काठमाडौं - काठमाडौंको नयाँ बानेश्वरमा स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिले गरेको प्रदर्शनमा झडप भएको छ ।
झडपका क्रममा प्रहरी वृत्त सिंहदरबारका डीएसपी गंगा पौडेल घाइते भएका छन्। उनको टाउकोमा चोट लागेको छ। अहिले उनलाई उपचारका लागि नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना गरिएको छ।
यसअघि शान्तिपूर्ण रुपमा प्रदर्शन गर्दै आएका गुठी किसानहरुको आजको प्रदर्शनमा भने झडप भएको हो ।प्रदर्शनकारीहरूको आक्रोशको सामना गर्दै प्रहरीले स्थिति नियन्त्रणमा लिन प्रयास गरेपनि यस क्रममा प्रहरी वृत्त सिंहदरबारका डीएसपी पौडेल घाइते भएका हुन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराका अनुसार प्रहरीले परिस्थितिलाई नियन्त्रणमा राख्नका लागि गरिरहेको छ। स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिले लामो समयदेखि आफ्ना मागहरू पूरा गर्न सरकारसँग ध्यानाकर्षण गराउँदै काठमाडौंमा प्रदर्शन गर्दै आएको छ। उनीहरुले आफ्नो मागहरूको सम्बन्धमा सरकारसँग बारम्बार छलफलका लागि आग्रह गर्दै आए पनि ठोस रुपमा बार्ता हुन सकेको छैन ।


0 comment