काठमाडौं - काठमाडौंको सुकेधारास्थित धोबीखोला करिडोर नजिक एक जना व्यक्तिको शव भेटिएको छ । धोबीखोला करिडोरको धनयन्तरी फुटसल नजिकै ओलखढुंगा स्थायी घर भएका ५० वर्षीय अड्विर राईको शव भेटिएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ । प्रहरीले उनको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाएको छ ।

राईको मृत्यु शंकास्पद देखिएपछि उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सीसीटीभी फुटेज लगायतका अन्य पक्षबाट अनुसन्धान थालेको छ ।  मृतक राईको टाउकोमा गम्भीर चोटहरु देखिएको छ । 

 पुरानो शौचालयमा फोहोरले छोपेको अवस्थामा शव भेटिएको कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश बस्नेतले  बताए । पोष्टमार्टम जाँचपछि नै मृत्युको कारण खुल्ने प्रहरीले जनाएको छ ।