काठमाडौं - नेपाली कांग्रेसको विद्यार्थी संगठन(नेविसंघ) मोरङका सभापति सरोज पोखरेललाई नेविसंघकै नेता कार्यकर्ताले कुटपिट गरेका छन् ।
महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका स्ववियु सभापति जसवन्त पौडेल पक्षले नेविसंघ जिल्ला सभापति पोखरेलमाथि बिहीबार दिउँसी क्याम्पस परिसरमै कुटपिट भएको हो ।
कुट्ने र कुटाइ खाने दुवै नेविसंघकै नेता भए पनि उनीहरूको गुट फरक छ । कुट्ने स्ववियु सभापति पौडेल कांग्रेस संस्थापन पक्ष र कुटिने पोखरेल डा. शेखर कोइराला पक्षका हुन् ।
आसन्न स्ववियु चुनावको तयारीको क्रममा दुई पक्षबीच भनाभन भएपछि एकअर्कामाथि हात हालाहाल भएको बताइएको छ ।


0 comment