काठमाडौं - धादिङको गल्छी गाउँपालिकास्थित वडा नम्वर ३  गुप्लेश्वरीमा गए सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीनजना घाईते भएका छन् । 

बाग्मती प्रदेश ०१- ००४ क ३३५२ नम्बरको पानी बोक्ने ट्याङ्कर गएराती एक बजेतिर कच्ची सडकबाट खस्दा दुर्घटना भएको हो । दुर्घटनामा परी मृत्यु हुनेको सनाखत हुन बाँकी रहेको धादिङ प्रहरीले जनाइएको छ । 

ट्याङ्कर सडकबाट करिव दुई सय मिटर तल खसेको प्रहरीले जनाएको छ । घाइतेहरूको जिल्ला अस्पताल धादिङमा उपचारका भइरहेको छ । ट्याङ्कर भीरमा अडकिएको र शव निकालेर पोष्टमार्टमका लागि गजुरी पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

पछाडि हटाउने क्रममा दुर्घटना भएको र आफू हामफालेर बचेको चालकले बताएका छन् । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।