काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान चौथो पटक स्पष्टीकरण सोधेका छन्। घिसिङलाई पदबाट किन नहटाउने भन्दै मन्त्री खड्काले मंगलबार पुनः २४ घण्टे स्पष्टीकरण सोधेका हुन्।
घिसिङलाई नेपाल-भारत द्विपक्षीय विद्युत् विनिमय समितिको बैठकमा कुन निकायको स्वीकृति लिएर गएको लगायतका विषय समेटेर स्पष्टीकरण सोधिएको छ।पछिल्लो पटक पुस २२ मा सोधिएको ९ बुँदे स्पष्टीकरणको पनि चित्त बुझ्दो जवाफ नभएको पत्रमा उल्लेख छ। त्यतिबेला घिसिङले आफूले गरेका कामको प्रगति विवरण बुझाएका थिए ।
मन्त्री खड्काले यसअघि गत असोज २२ गते र कात्तिक १३ गते पुस २२ मा गरी तीन पटक स्पष्टीकरण साेधिसकेका छन् घिसिङले सरकारलाई असहयोग गरेको भन्दै मन्त्री खड्काले सुरुदेखि नै उनलाई हटाउन लागिपरेका छन् । बताएका थिए।


0 comment