काठमाडौं - अर्थ मन्त्रालयले अमेरिकी सहयोग नियोग (यूएसएआईडी) अन्तर्गत सञ्चालित केही कार्यक्रमहरू सम्बन्धी सञ्चार माध्यम र सामाजिक सञ्जालहरूमा आएका समाचार र टिप्पणीप्रति ध्यान आकर्षित भएको जनाएको छ।
अमेरिकी राष्ट्रपति द्वारा २० जनवरी २०२५ मा जारी कार्यकारी आदेश अनुसार, नेपाल सरकारको बजेट प्रणाली मार्फत सञ्चालन भइरहेका चारवटा प्रमुख कार्यक्रमहरू - शिक्षा, स्वास्थ्य, कृषि र तथ्यांकसम्बन्धी कार्यक्रमहरू ९० दिनका लागि मात्र रोकिएको मन्त्रालयले स्पष्ट पारेको छ ।
त्यसैगरी, जैविक विविधता, प्रदेश र स्थानीय शासन सुदृढीकरण कार्यक्रम तथा जलवायु उत्थानशील नगरपालिका सेवा कार्यक्रमका तीनवटा कार्यक्रमहरू अझै डिजाइनको चरणमा रहेको पनि सहसचिव श्यामप्रसाद भण्डारीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
ट्रम्पको आदेशको आधारमा यी कार्यक्रमहरू पनि रोकिएको जनाइएको छ। यी कार्यक्रमहरूको सम्झौता नभएकाले हालसम्म कुनै सहयोग प्राप्त नभएको पनि प्रष्ट पारिएको छ ।
सरकारले यी सबै घटनाक्रमहरूलाई ध्यानमा राखेर आवश्यक कदमहरू चालेको जनाएको छ । भविष्यमा यस्ता सहयोगहरू पुनः सुरू गरिने आशा व्यक्त गरिएको छ ।
नेपालको आर्थिक, सामाजिक र पूर्वाधारको क्षेत्रमा संयुक्त राज्य अमेरिकाले लामो समयदेखि महत्त्वपूर्ण सहयोग पुर्याउँदै आएको छ यूएसएआईडीद्वारा नेपालमा १९५१ सालदेखि विभिन्न अनुदान सहायता कार्यक्रमहरू सञ्चालित छन्।


0 comment