काठमाडौं - नेपाली सेनाले काठमाडौं–तराई–मधेस द्रुत मार्ग (फास्ट ट्रयाक) को निर्माण २०८३ चैत मसान्तभित्र सक्ने लक्ष्य लिएको छ। सेनाले आइतबार सैनिक मुख्यालयमा पत्रकार सम्मेलन गरी निर्धारिता समयमा द्रुतमार्ग निर्माण नसकिने जनाएको हो।
द्रुत मार्गका प्रमुख उपरथी कमलविक्रम शाहले गत असोज १२ र १३ गतेको भिषण वर्षाका कारण निर्माण कार्यमा ढिलाइ भएको जनाउँदै खोकनाको जग्गा विवाद समयमै हल हुन नसके निर्माणको समयावधि थपिने निश्चित भएको बताए ।
भिषण वर्षाका कारण बख्खुबेसीदेखि सिस्नेरीसम्मको फास्ट ट्रयाक निर्माणको भौगोलिक अवस्था नै परिवर्तन भएको नेपाली सेनाको भनाइ छ।
‘गत असोज १२ र १३ गतेको हेभ्भी रेन फलले गर्दाखेरि हाम्रो काममा धेरै ह्याम्पर गरेको कारणले पनि काममा केही डिले भएको हो । अब त्यो न्याचुरल डिजास्टरमा हाम्रो पनि हात हुनेकुरा भएन, त्यसले गर्दा डिले भइरहेको छ।’ सेनालाई सबैभन्दा गाह्रो रुख कटानको काम भएको पनि त्यस अवसरमा जानकारी गराइएको थियो ।


0 comment