काठमाडौं - प्रथम महिला राधिका शाक्यले प्रधानमन्त्री केपी ओलीको मेहनतको उच्च प्रशंसा गरेकी छन्।
आफ्नै जीवनकथा ‘करुणा’ को शनिबार लोकार्पण समारोहमा उनले कतिपयले प्रधानमन्त्री ओलीलाई ‘अल्छी’ भन्ने गरेको टिप्पणी गलत भएको बताइन्। उनका अनुसार केही मानिसहरूले ओलीलाई काम नगर्ने र निष्क्रिय भन्ने गरेको भए पनि वास्तविकता फरक छ।
उनले ओलीको मिहिनेतबारे उल्लेख गर्दै हिजो बिहानदेखि आज बिहान साढे चार बजेसम्म प्रधानमन्त्री निरन्तर काममा व्यस्त रहेको बताइन्। कोठामा आउँदा साढे चार बजिसकेको थियो र सायद बिहान पाँच बजे मात्र सुतेका थिए।
उनले ओलीलाई विश्वकै अति मेहनती नेतामध्ये एक भएको बताउँदै उहाँलाई सक्रिय भन्ने कि निष्क्रिय भन्ने? प्रश्न समेत गरिन्। उनका भनाइहरूले प्रधानमन्त्री ओलीको कार्यशैलीबारे भइरहेको टिप्पणीको जबाफ दिएको छ।


0 comment