काठमाडौं - ताप्लेजुङको पाथीभरा क्षेत्रमा बाक्लो हिमपात परेको छ ।

हिमपातसँगै स्थानीय संरचना सेताम्मे देखिएका छन् । पाथीभरा मन्दिर जाने मुख्य विश्रामस्थल ठुलो फेदी आसपासको क्षेत्रमा बाक्लो हिउँ जमेपछि हिँडडुलमा समेत समस्या भएको स्थानीयले बताएका छन् ।