काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले अमेरिका प्रति कडा टिप्पणी गर्दै आफ्नो सामाजिक सञ्जालमार्फत तीखो प्रतिक्रिया दिएका छन्। उनले नेपालीहरू गरिब हुनुको प्रमुख कारण विदेशीने क्रम रहेको उल्लेख गर्दै अमेरिकालाई परनिर्भरता र श्रम शोषणको आरोप लगाएका छन्।
‘हामी गरिब छौं किनभने हाम्रा जनता आफ्नो देश छोडेर विदेश जान बाध्य छन्। तर, तपाईंहरू (अमेरिकीहरू) गरिब हुनुहुन्छ किनभने तपाईंहरू आफ्नै देश बनाउन सक्नुहुन्न, बालेनले भने, ‘तपाईंहरूलाई अरू देशका मानिसहरूकै श्रम चाहिन्छ।’
उनले अमेरिकाले चलाइरहेको विविध आप्रवासन कार्यक्रम, विशेष गरी डाइभर्सिटी भिसा (डीभी)लाई दासत्वको नयाँ रूप भन्दै आलोचना गरेका छन्। उनका अनुसार, अमेरिका जस्ता राष्ट्रहरूले नेपाली जस्ता विकासशील देशका प्रतिभाशाली जनशक्ति खोस्दै तिनीहरूको क्षमताको उपयोग गरी आफ्नो देशको समृद्धि गर्दैछन्, जसका कारण नेपाल जस्ता देशहरू पछाडि परिरहेका छन्।
<iframe src="https://www.facebook.com/plugins/post.php?href=https%3A%2F%2Fwww.facebook.com%2FbalenOfficial%2Fposts%2Fpfbid02x5UQL6xnzmg4W2HGjuFnBc5PoSaMSewTnbxsoR3QE8cPo78J6uEYRY6PjS3eEEPSl&show_text=true&width=500" width="500" height="201" style="border:none;overflow:hidden" scrolling="no" frameborder="0" allowfullscreen="true" allow="autoplay; clipboard-write; encrypted-media; picture-in-picture; web-share"></iframe>
बालेनले आफ्नो स्टाटसमा दास मानसिकता त्याग्न पनि अमेरिकालाई आग्रह गरेका छन्। उनले भने, ‘हामी हाम्रा गहना (प्रतिभाशाली नागरिक) फिर्ता लिन्छौं। अरू देशका नागरिकलाई तपाईंहरूको देशमा प्रवेश निषेध गरिदिनुस्, अनि हेर्नुस् संसार कसरी अगाडि बढ्छ।’
उनको यो भनाइ अहिले सामाजिक सञ्जालमा व्यापक रूपमा चर्चित बनेको छ। कतिपयले बालेनको राष्ट्रवादी धारणा र आत्मनिर्भर नेपाल निर्माणको चाहनालाई समर्थन गरेका छन् भने केहीले उनलाई यथार्थपरक दृष्टिकोण अपनाउन सुझाव दिएका छन्।
यसअघि पनि बालेन शाहले अन्तर्राष्ट्रिय मामिलामा खुलेर आफ्ना विचारहरू राख्ने गरेका छन्। उनका यस्ता विचारहरूले नेपालमा मात्रै नभई अन्तर्राष्ट्रिय रूपमा समेत ध्यान तानेका छन्।



0 comment