काठमाडौं - ताप्लेजुङमा 'नो केबलकार समूह' र प्रहरीबीच झडप भएको छ । 

पाथीभरामा केबलकार निर्माणको विरोध गर्दै आएको समूहले बिहीबार ठूलो फेदीबाट पदयात्रा निकाल्दै केबलकार निर्माणस्थलतर्फ जाँदै गर्दा नेपाल प्रहरी र सशस्त्र प्रहरीले रोक्न खोजेपछि झडप भएको हो ।

झडपमा सुरक्षाकर्मीसहित १२ जना घाइते भएका छन् । स्थितिलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीले ७ सेल अश्रुग्यास प्रहार गरेको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जनाइएको छ ।

पाथीभरा क्षेत्रमा केबलकार बनाउँदा ऐतिहासिक पहिचान मेटिने भन्दै मुक्कुम्लुङ संयुक्त संघर्ष समिति मुक्कुम्लुङ केबलकार खारेजी संघर्ष समिति बनाएरै चरणबद्ध आन्दोलन गर्दै आएको छ ।

तर,  त्यहाँका स्थानीय बासिन्दाहरु भने केबलकार बनाउनुपर्छ भन्ने पक्षमा छन् । उनीहरुले दैनिकजसो सभावना र्‍याली निकाल्ने गरेका छन् । धार्मिक क्षेत्रलाई असर नपर्ने गरी केबलकार बनाउनुपर्छ भन्नेमा उनीहरु छन् ।