काठमाडौं- चौतर्फी विरोधपछि भारतको उडिसास्थित कालिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी)ले नेपाली विद्यार्थीहरूलाई फिर्ता बोलाएको छ ।
विश्वविद्यालयले सोमबार साँझ सूचना निकालेर नेपाली विद्यार्थीहरूलाई फिर्ता भएर अध्ययन सुचारु गर्न अपिल गरेको हो।
नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु प्रकरणमा अनुसन्धान गर्न माग गरेपछि विश्वविद्यालय व्यवस्थापनले नेपाली विद्यार्थीहरूलाई निष्कासन गर्ने निर्णय गरेको थियो ।
लम्साल विश्वविद्यालयको होस्टेलमा मृत भेटिएकी थिइन् । त्यस घटनालाई नेपाली विद्यार्थीहरुले शङ्कास्पद ठानेका छन् ।
विश्वविद्यालयले प्रकृतिको मृत्यु प्रकरणसँग जोडिएका आरोपीलाई प्रहरीले पक्राउ गरिसकेको पनि जानकारी गराएको छ।


0 comment