सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अदालतको अवहेलनामा किन कारबाही नगर्ने कारबाही गर्ने भनी लिखित जवाफ पेश गर्न आदेश दिएको छ।
न्यायाधीशहरू शारंगा सुवेदी र नित्यानन्द पाण्डेयको इजलासले सोमबार लिखित जवाफ माग्नुका साथै सम्बन्धित मुद्दाको फाइल पनि साथै राख्न आदेश दिएको हो ।

गिरिबन्धु टी इस्टेटको जग्गासम्बन्धी मुद्दाको निर्णय कार्यान्वयन नगरेको आरोपमा अधिवक्ता ओमप्रकाश अर्यालद्वारा दायर निवेदनमा  सर्वोच्चले मुद्दाको सक्कल मिसिल झिकाउन आदेश जारी गरेको हो ।

अदालतले प्रधानमन्त्रीको कार्यालय र भूमिव्यवस्था मन्त्रालयलाई सात दिनभित्र लिखित जवाफ प्रस्तुत गर्न भनिएको छ।