काठमाडौं - बाँके प्रहरीले २० वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बाँके नरैनापुर गाउँपालिका ५, सर्वराजपुर्वाका ३६ वर्षीय जगतराम साहु रहेका छन् ।
जगतरामले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय भगवानपुरबाट खटिएको प्रहरीले शनिबार बेलुकी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


0 comment