काठमाडौं - जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले मानव बेचबिखन कार्यमा सलग्न २ जनालाइ पक्राउ गरेको छ।पक्राउ पर्नेहरुमा पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका वडा नं.१६ बस्ने वर्ष ४५ को गिनीलाल गुप्ता र भारत विहार जिल्ला पूर्वी चम्पारण थाना नकरदेही ग्राम भवानीपुर वडा नं.६ बस्ने वर्ष ४० को जय प्रकाश साह रहेका छ्न।

उनिहरुले युवतिहरुलाइ ललाइ फकाइ आर्थिक प्रलोभनमा दिएर पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका वडा नं.१५ स्थित सञ्चालनमा रहेका होटलहरूमा बेश्याबृत्तिको लागि पठाउने गरेको थियो।

पर्सा प्रहरीले विशेष सुचनाको आधारमा चेकजाँच गर्ने क्रममा होटलमा आएका ग्राहकहरूसँग शारीरिक सम्पर्क राख्न लगाई बेश्याबृत्तिमा संलग्न गराइरहेको अवस्थामा होटल स्मार्टबाट २ जना र न्यू शान्ति सैनिक होटलबाट २ जना गरी चार जना महिलाहरूको उद्धार गरिएको थियो। 

मानबेचबिखन कार्यमा संलग्न गराउने दुई जना व्यक्तिहरु माथि मानव बेचबिखन तथा ओसार पसार (नियन्त्रण) ऐन, २०६४ बमोजिमको कसूरमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रबक्ता सुबास भट्टले जानकारी दिनु भयो ।