काठमाडौं - हाइड्रोजन बेलुन फुटेर घाइते भएका उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको काठमाडौंमा उपचार सुरु भएको छ ।

काठमाडौं कीर्तिपुरस्थित बर्न अस्पतालमा दुवै जनाको उपचार भइरहेको छ । अर्थमन्त्री पौडेलको हातमा र मेयर आचार्यको अनुहारको केही भाग जलेको छ ।

‘पोखरा भ्रमण वर्ष’ उद्घाटन गर्ने क्रममा शनिबार नजिकै बालिएको दियो बेलुनमा सल्केपछि फुटेर आगो लाग्दा जलेर दुवै घाइते भएका हुन्।

उनीहरुलाई पोखरामा प्राथमिक उपचारपछि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको हो ।