काठमाडौं - स्वर्गद्वारी गुठी पीडित र  सरकारीबीचको वार्ता बिना निष्कर्ष टुंगिएको छ।

आन्दोलनरत पक्षका वार्ता टोलीका संयोजक प्रविन दहित थारूले बिहीबार भएको वार्तामा सरकार समस्या समाधानका लागि गम्भीर नबनेको आरोप लगाए।

स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिका सहसचिवसमेत रहेका थारूले भोलिदेखि नै आन्दोलनलाई सशक्त रुपमा अघि बढाउने चेतावनी दिए। स्वर्गद्वारी गुठी पीडितहरु एक सातादेखि काठमाडौँमा रहेर आन्दोलन गर्दै आएका छन्।

सरकारले उनीहरूसँग वार्ता गर्न सहसचिव मदन कोइरालाको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली बनाएको थियो।