काठमाडौं - काठमाडौंको नागढुंगाबाट सुनसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।
काँकडभिट्टाबाट आउँदै गरेको बा. प्र ०१–००२ ख ०५४२ नम्बरको बसमा आएका उनीहरूलाई नागढुंगा चेकजाँच गर्ने क्रममा पक्राउ गरिएको प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले जानकारी दिए।
पक्राउ पर्नेमा भारत महाराष्ट्रका २७ वर्षका महेश अमृत मानी र २४ वर्षका राहुल खडु सरकला रहेको प्रहरीले जनाएको छ। प्रहरीले उनीहरूको साथबाट ३१८ ग्राम सुन बरामद गरेको जनाएको छ।


0 comment