काठमाडौं - काठमाडौंको बबरमहल क्षेत्रमा मेलम्ची खानेपानीको मुख्य पाइप फुटेर बाढीको स्थिती उत्पन्न भएको छ। पाइप फुटेपछि आसपासका सरकारी कार्यालयहरू विशेष अदालत, काठमाडौं जिल्ला अदालत लगायतका महत्त्वपूर्ण स्थानहरू डुबानमा परेको छ।
काठमाडौं जिल्ला अदालतको अगाडि पाइप फुटेको हो। पाइप फुट्नाले काठमाडौंको खानेपानी आपूर्ति प्रणालीमा समेत असर परेको छ।
नेपाल प्रहरी र काठमाडौं महानगर प्रहरीको टोली घटनास्थलमा सक्रिय रूपले खटिएका छन्। बबरमहल क्षेत्रमा पानीको निकासी र पुनः व्यवस्थित गर्ने कार्य जारी रहेको छ।
मुख्य सडकमा फुटेको पाइपलाइनको मर्मत कार्यलाई छिटो र प्रभावकारी रूपमा अघि बढाउनु पर्छ। दैनिक सयौं सवारी साधन आवतजावत गर्ने सडकलाई छिटो मर्मत नगरिदा ट्राफिक जामको स्थिति आउन सक्छ ।
राजधानीका सडकमा विच्छयाइएको खानेपानीको पाइप धेरै जसो स्थानमा लिक हुने समस्या छ । खानेपानीको चुहावट हुने यस्ता घटना हुन नदिन सुरुवात देखिनै ध्यान दिन आवश्यक छ। सम्बन्धित इन्जिनियरहरुले यस्ता कामहरु कामदारको भरमा छाड्दा यस्तो समस्या देखिएको हो ।


0 comment