दीर्घराज प्रसाई

नेपालको सार्वभौमसत्ता  र यसको स्थायित्व आधार स्तम्भलाई हामी नेपालीहरुले जोगाउन सक्यो भने मात्र संसारको पुरानो सार्वभौमसत्ता सम्पन्न देशभुमि नेपाललाई युग युगान्तर सम्म बचाएर विश्वमा नेपाल उभिएको देखाउन सक्छौँ । यसको लागी हामी सम्पूर्ण नेपालीको समपर्ण चाहिन्छ  । हामीले इतिहासलाई पल्टाएर हेयौँ । संसारलाई आफनो प्रभावमा राख्ने मह्त्वकांक्षा लिएर सिकन्दर आक्रमण गर्न योजना लिएर २३२८ वर्ष अगाडि युनानबाट भारतवर्ष तिर लागे । त्यस बेलामा भारतवर्ष साना–साना थुप्रै राज्यहरुमा विभक्त देखियो । सिकन्दरले आफनो पहिलो लक्ष्य हिन्दुकुट, गन्धार क्षेत्रको तक्षशिललाई आक्रमण गर्न योजना बनाएर हिँडे । त्यसबेला समृद्ध प्रशिक्षित राज्यको रुपमा मानिएको तपशिलका हिन्दु राजा आम्भीले सिकेन्दरको शक्त्तिशाली फौजका डरले युद्धै नगरी सिकन्दरको अधिनता स्विकार गरे । कमजोर, डरपोक राजाकोकारणले तक्षशिलाको नाम निसान रहेन ,ध्वस्त भयो । राजा आम्भीले सिकन्दरको दासता स्वीकार गरेपछि युनानका भोका सैनिकहरुले लुट र मच्चाउन थाले ,तक्षशिलाका महिलाहरुको बलत्कार, मनमौजी गरे, महिलाहरु बासनाको शिकार बने । त्यसपछि तक्षशिला विश्वविद्यालयका पुस्तकालयका सम्पूर्ण पुस्तकहरु जलाउने आदि इत्यादि अनेकौँ उत्पात मच्चाउन थाले । सिकन्दरले संस्कृतलाई हटाएर तक्षशिला विश्वविद्यालयमा युनानी भाषा चलाए । विदेशीहरुको आक्रमणयति विभत्स हुन्छ कि त्यसको वर्णन गरेरै सकिदैन ।

त्यबेला उता मगध राज्यमा भष्ट्र नन्दीवंशले शासन गरिएको हुदाँ त्यस्तो भष्ट्र राजाबाट पनि संरक्षण पाउन  सक्ने स्थिति थिएन । त्यसबेला तक्षशिलाको विश्वविद्यालयका प्रार्चाय कौटिल्य चाणक्य थिए । जहाँसम्म नन्दीवंशलाई समाप्त नगरेसम्म अन्न नखाने संकल्प गरेर चाणक्य हिडेका थिए । कारण थियो एक समय हिडिरहेको बेला खुट्टामा कुशले घोचेर रक्ताम्य बनाएकाले आक्रोशित भएर एक ब्राम्हण कुश माथि उभिरहेको देख्दा त्यह्ी बाटो हिड्दै गरेका नन्दीराजाका प्रधानमन्त्रीले देखेर सोधेका थिए –किन यसरी उफ्रिरहेको ? कुशले खुट्टामा रक्तामय बनाएकाले यसलाई पत्ताल भसाउन कुच्चेको भन्ने कुरा ती ब्राह्मण्डबाट सुनेपछि राजाको व्यवहारसगँ असंतुस्था प्रधानमन्त्रीलाई लाग्यो –यही ब्राम्हणले नन्दीराजालाई तह पनि लगाउन सक्छ भन्ने र प्रतिपक्ष जो हुन् ती सबैले आफनो देशको पहिचान र सार्वभौमकिसत्ताका आधार स्तम्भ के हुन् तिनीहरुको नै विस्थापित गर्ने परिपाटीमा लाग्ने गरेकाले २०६३ सालपछि पार्टीहरुले निर्वाचनमा जतिसुकै राम्रा घोषणपत्रहरु उद्घोषक गरे ता पनि त्यसबाट राष्ट्र र जनताले आफनो हितमा केही पनि पाएको महसुस गरेका छैनन् । संविधान छ तर संविधान र कानुनलाई नेताहरुले आफनो वपौति ठान्छन् र त्यसको पालना गर्दैनन् । यसो भएपछि राजनितिले बाटो पाउन सक्तैन राष्ट्रनिमार्ण मा जे जति खर्च रकम भएका छन् तर ति सबै पारदर्शि छैनन् ।  वैरुजु र राजस्वको दुरुपयोगको अध्ययन गर्दा देशभित्र चौतर्फी भ्रष्टाचारले गाँजेको छ । हचुवाका भरमा सम्पूर्ण निर्णय गरी कार्यान्यन गर्न खोज्दा त्यसबाट देशले कुनै निकस हुन सक्तैन । नेपालमा अहिले यहीँ भईरहेको छ ।

नेपालमा धेरै आन्दोलनहरु भए । कुनै पनि परिर्वतन र आन्दोलनको उदेश्य हुन्छ । राष्ट्रको प्रतिष्ठा, मूल्य र मान्यताहरु बचाएर राष्ट्र निर्माणमा सारिक हुनु । तर २०६२÷ ६३ सालको पनि परिर्वतनले राष्ट्रका पहिचान र गौरवलाई बनाएर हिडाउने प्रतिबद्धता नजनाएकाले नेपाल पहिचान–विहीन हुन पुगेको छ । नेपाल प्राकृतिक र सांस्कृतिक सम्पदाको धनी राष्ट्र हो । यसको सुवास विश्व भरी फैलिएको छ । हाम्रो देश सानो भए पनि यहाँ धेरै थरीका जाति छौँ । यहाँ कुनै पनि एक जातिलाई होच्याएर र बिर्सेर नेपालको राष्ट्रियता पूरा हुदैन । अनेकतामा एकता हामी नेपालीहरुको बिचमा एकताको सन्देश हो । हाम्रो देशमा विभिन्न जातिहरु र हिन्दु ,वौदिक र बौद्धको राष्ट्रियता बनेको छ । नेपालको पहिचानको रुपमा स्थापित भइ आएका मान्यताहरुलाई जुनसुकै विचारका राजनितिक दलहरुले पनि संरक्षण गर्न सक्नु पर्दछ । राजनितिक प्रतिशाध र वदलाको भावना लिएर नेपालको प्राकृतिक र सांस्कृतिक पहिचानहरु निमिट्यान्न गरियो भने भोलि कहाँ गएर नेपाल खोज्ने ? अझै समय छ –नेपालका सत्तापक्ष रप्रतिपक्षमा रहेका राजनिति दलहरुले सानातिना कुरामा विवाद गरेर राष्ट्रको इज्जत माभि खेलवाड गर्ने कार्य लाग्नु भएन । माओवादीको कारण नेपाल धेरैपछि पर्न पुगेको छ । यसरी जगन्य अपराध गरेका माओवादी नेताहरु अहिले सत्तामा छन् । के सत्ता र पैसा कमाउनु नै केन्द्रित थियो र माओवादीको २०५४ देखि २०६२ सालको विद्रोह ? यसको जवाफ विगठित माओवादीका नेता प्रचण्ड, बाबुराम भट्टराईहरुले दिनुपर्दछ ।

अबका दिनहरुमा नेपाललाई सही बाटोमा दिलाउन राज्य व्यवस्थालाई सन्तुलन र नियन्त्रणको व्यवस्थ कायम गराएर अगाडि बढ्ने कुरामा सत्तापक्ष र प्रतिक्ष कतिबद्ध हुनसक्नु पर्छ । यसको लागी नेपालको राष्ट्रियता ,राजतन्त्र ,र संसदीय प्रजातन्त्रको सुढृढीकरण र समन्वय  सन्तुलन कायम गर्न मुलनिति निर्धारण गर्न सक्नुपर्दछ । सत्तापक्ष र पार्टीका नेताहरु सबैको व्यक्तिवादी  अहंकारले नेपाली जनता आतंकित छन् । नेपालमा शान्तिपूर्ण वातावरण छ भनिन्छ। तर कहिले पनि बनिरहेको छैन । त्यस्तो वातावरण अव सत्ता पक्ष लगायत सबै पक्ष मिलेर राष्ट्रनिर्माण  ठोस योगदान पुयाउने कार्यक्रमहरु तर्जुमा गराउन सबैको सहमति जुट्न सक्नुपर्छ । यसरी अहिले कै  गतिविधिहरुलाई निरन्तरता दिएर देश उभोँ लाग्दैन । अहिलेको विश्वमा राज्यव्यवस्थासंचालन गर्नमा संसदीय प्रजातन्त्रलाई सर्वोकृष्ट माध्यमको रुपमा लिइएको छ । त नेपालले प्रजातान्त्रिक मूल्य र मान्यताको आधारमा देश हाँक्न सक्ने स्वाभिमानी र इमान्दार नेता जन्मिन नसकेर देशको वहाल भएको छ । सबैजसो नेताहरुले जे मनमा आयो त्यह्ीँ बोल्ने गरेकाले विश्वस्त हुने ठाउँ छैन । कुनै पनि प्रजातान्त्रिक देशहरुमा नागरिक अनुशासनको ठूलो महत्व छ । स्वतन्त्रता र समानता भन्ने यी दुवै वस्तु प्रजातन्त्रका गहना मानिन्छन् । यी दुवैको अस्तित्व अनुशासनको गाँसिएको हुन्छ । तर हाम्रो दुर्भाग्य यहाँका नेताहरुको विकास प्रवृतिका कारणले आफनै देशका पहिचान र मौलिकतालाई बचाएर हिड्न सकिरहेका छैनन् ।
 
नेपालका नेताहरुले चरित्रगत भ्रष्टता  देखेर जापानका प्रतिनिधिसभा डायटका सदस्य  ता गहिरो माचुसिताले भन्छन् । सन् १९९० मा प्रजातन्त्र स्थापना भएपछि जनताको स्थितिमा सुधार आउने जनआकांक्षा रहेकोमा भ्रष्टाचार बढेको तथा जनआकांक्षा अनुरुप प्रजातन्त्रको प्रतिफल आम जनतासम्म पुग्न नसकेका ,सबै दोष राजालाई दिनु सट्टा राजनितिक नेताहरुले प्रजातन्त्रप्रतिको आफ्नो जिम्मेवारी अनुरुप अघि बढ्न सकेमा मात्र स्थितिमा सुधार आउने छ । तर हामीहरुले आफ्नो देशभित्रका मौलिक मूल्य र मान्यताहरुलाई चिन्ह सकेनौँ । यही नै नेपालीहरुको लागी आत्मगाल्नीको विषय भएको छ । बोलेर मात्र हुदैन । सत्तामा पुगेपछि काम देखाउन सक्नुपर्छ । नेता र सबैको पहिचान सत्तामा पुगेपछि हुन्छ । शासनन व्यवस्था संचालन गर्नु भनेको सजिलो कुरा छैन ।