काठमाडौं – नेपाल औषधि व्यवासायी संघ बाँके जिल्ला शाखाको दोस्रो जिल्ला अधिवेशन भेला नेपालगंजमा भएको छ ।

शनिबार नेपालगंजंस्थित सिद्धार्थ कटेजमा भएको दोस्रो जिल्ला अधिवेसनमा केन्द्रका अध्यक्ष एवं पदाधिकारी तथा सदस्यहरु, प्रदेश अध्यक्ष एवं पदाधिकारीहरु, पूर्व अञ्चल अध्यक्ष तथा अन्य पदाधिकारी, अतिथिगण र संघका विशेष सल्लाहकारहरुको उपस्थिती रहेको थियो ।

यसै गरी जिल्ला शाखा बाँकेको दोस्रो जिल्ला अधिवेशनलाई भव्यताका साथ सम्पन्न गर्नकालागि विभिन्न जिल्ला शाखाबाट अध्यक्ष ,पदाधिकारी, सदस्यहरु र औषिध व्यावसायीहरुको पनी उपस्थिती रहेको थियो ।

भेलालाई सम्वोधन गर्ने क्रममा संघका अध्यक्ष बसन्त कुमार शर्माले शाखाको संस्थागत विकास, सुशान र योजनाबद्ध कामका लागि जिल्ला शाखा बाँकेको यो कार्यसमिति तथा सबै पदाधिकारी एवं सदस्यहरुले असल भुमिका निर्वाह गरेकोमा हार्दिक कृतज्ञता व्यक्त गर्नु भएकाे थियोे ।

यसै गरी यश बाँके जिल्ला शाखाका महासचिव जीवन शर्माले शाखालाई एउटै लयमा हिडाउँनका लागि नियमित बैठक, रिर्पोटिङ्ग, बार्षिक योजना निर्माण कार्यान्वयन, गर्नकालागि सबै सदस्यहरुको सहयोग हुनु पर्नेमा जोड दिनुभयो ।

यस जिल्ला शाखाको प्रथम जिल्ला अधिवेशन २०७६ कार्तिक २ गते भएको थियो । बसन्त कुमार शर्माको अध्यक्षयतामा अधिवेशनबाट ९ सदस्य गठन भएकोमा कार्य समितिबाट १ जना मनोनित गरी १० जनाको कार्य समिति रहेको छ । आज यस संघले दोस्रो अधिवेशन भव्यता पुर्वक सम्पन्न गरेको छ ।

औसधि व्यवसायी संघ केन्द्रको स्थापना २०३० साल असार १० गते भएको थियो ।