काठमाडौं – नेपालगञ्जमा आगलागी हुँदा ७ वटा पसल जलेर नष्ट भएको छन् ।
बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वीपीचोकमा विद्युत् चुहावट भइ आगलागी हुँदा आलिया ट्रेडर्स, शादिया फर्निचर, शरीके फर्निचरलगायत पसलको सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जानकारी दिएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाको दमकल शाखा प्रमुख झइनबहादुर खड्काले आगो निभाउन झन्डै दुई घण्टा लागेको बताएका छन् । आगो निभाउन उपमहानगरपालिकाको तीन वटा र कोहलपुर नगरपालिकाको एउटा दमकल प्रयोग गरिएको खड्काले बताउनु भयो ।
उक्त आगोको चपेटमा पसलका प्रायजसो सामान जलेका छन् । क्षतिको विवरण सङ्कलन भइरहेको प्रहरीले जानकारी दिएको छ ।

0 comment