काठमाडौं – बैतडीमा किशोरी माथि जबरजस्तीकरणी गरेको आरोपमा एक ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको छ । 

यसरी पक्राउ पर्नेमा, मेलौली नगरपालिका वडा नम्बर ७ का महेश ओझा रहेको प्रहरीले जानकारी दिएको छ । 

महेन्द्रनगरबाट बैतडीको मेलौलीतर्फ सिमेन्ट बोकेर जाँदै गरेको से १ ख १९७९ नम्बरको मिनिट्रकका चालक ओझा माथि सोही मिनिट्रकमा सवार रहेकी किशोरीलाई जबरजस्तीकरण गरेको आरोप लागेको प्रहरीले जनाएको छ । 

बिहिबार राती बुडरमा बस्ने क्रममा मिनि ट्रकमा आफुमाथि चालक ओझाले जबरजस्तीकरणी गरेको किशोरीले प्रहरीलाई जानकारी गराएपछि ओझालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिएका छन् ।

ओझालाई पाटन नगरपालिका वडा नम्बर ६ को हिरापुरबाट पक्राउ गरी यसबारे थप अनुशन्धान भई रहेको प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिएका छन् । 

निरीक्षक खत्रीका अनुसार पीडित किशोरी अत्तरियाबाट बैतडी आउन मिनिट्रकमा बसेकी थिइन् ।