काठमाडौं – देशलाई पार लगाउने जिम्मा अब नेपाली कांग्रेसको काँधमा रहेको नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले बताएका छन् ।
नेपाली कांग्रेस जाजरकोटको शुक्रबार जिल्ला सम्मलेनको उद्घाटनमा बोल्ने क्रममा खड्काले देशको संकट समाधानको जिम्मा अब नेपाली कांग्रेसको काँधमा आएको बताएका हुन् ।
साथै मुलुकको अर्थतन्त्र चुनौतिपूर्ण छ, कोरोनाका कारण बिग्रेको अर्थतन्त्र उकास्ने चुनौति रहेकाले अर्थतन्त्रलाई चलायमान बनाई सुदृढ अर्थतन्त्र बनाउने जिम्मा पनि कांग्रेसकै रहेको रक्षामन्त्री खड्काले बताएका छन् ।
अस्थिरतातर्फ धकेल्न र सामाजिक सद्भाव खल्बल्याउन केही तत्व सक्रिय रहेको बताउँदै मुलुकको हरेक अफ्ठ्यारो परिस्थितिको सामना कांग्रेसले गर्दै आएको उनले बताएका छन् । मुलुकका हरेक परिवर्तनको नेतृत्व र आर्थिक समृद्धिको नेतृत्व अब नेपाली कांग्रेसले गर्ने बताएका छन् । साथै सबै दल र पार्टीलाई विश्वासमा लिएर कांग्रेस अघि बढ्नुपर्छ, भन्ने धारणा समेत उनले रखेका छन् ।
अब नेपाली जनतालाई विश्वास दिलाउनका लागि कांग्रेस एक हुनुपर्छ । कांग्रेस एकढिक्का भयो भने मात्र देश र जनताका पक्षमा काम गर्न सकिन्छ । त्यसका लागि लोभ र मोह त्याग्नु पर्ने उनले बताए । उनले कार्यकर्तालाई विचलित नहुन र जनताको पक्षमा काम गर्न निर्देशनसमेत दिएका छन् । यस्ता नेता कार्यकर्ताको उचित मूल्यांकन गर्ने भन्दै कसैलाई पनि काखा र पाखा नगर्ने उनले दाबीसमेत गरेका छन् ।


0 comment