काठमाडौं – भारतको पानीटंकीबाट नेपाली नागरिकतासहित चिनियाँ नागरिकलाई भारतीय प्रहरीले पक्राउ गरेको छ ।
यसरी पक्राउ पर्नेमा, चिनियाँ नागरिक ली शियाकाङ र उनलाई सहयोग गर्ने सञ्जीव सुयाल र चित्र गुप्ता अधिकारी रहेको भारतिय प्रहरी एसएसबीले जनाएको छ ।
उनीहरु नेपाल–भारतको सीमा नाका काँकडभिट्टा हुँदै भारतको पानीटंकी बजार पुगेका थिए । सो क्रममा एसएसबीका जवानलाई उनीमाथि शंका लागि सोधपुछ गर्दा उनीहरु नेपालबाट आएको खुल्न आएपछि चिनियाँ नागरिकसहित तीनै जनालाई पक्राउ गरी खोरीबारी प्रहरीलाई जिम्मा लगाएका थिए ।
सीमामा तैनाथ एसएसबी ४१औँ बटालियनका टोलीले आवश्यक कागजपत्र माग्दा चिनिया नागरिक शियाकाङले नेपाली नागरिकताको फोटो कपी देखाएका थिए उनले कसको नागरिकताको फोटोकपी देखाएको भन्ने कुरा खुलेको छैन ।
प्रहरीले तीनै जनालाई नियन्त्रणमालिई यसबारे थप अनुशन्धान भईरहेको जनाएको छ ।


0 comment