काठमाडौं – चितवनमा घाँस काट्ने क्रममा करेन्ट लागेर एक जनाको ज्यान गएको छ ।
यसरी ज्यान गुमाउनेमा, माडी नगरपालिका ९ कृष्णनगरका २८ वर्षीय विकल्प सुवेदि रहेका छन ।
बिहीबार साँझ साढे ६ बजे जनावरलाई छेक्न जडान गरिएको सौर्य उर्जाको करेन्ट लागेर सुवेदीको ज्यान गएको चितवन प्रहरी प्रवक्ता डिएसपी विजय पण्डितले जानकारी दिएका छन् ।
करेन्ट लागेपछि अचेत भएका सुवेदीको बघौडा अस्पतालमा मृत्यु भएको पनी प्रहरीले जानकारी दिएको छ ।

0 comment