काठमाडौं – दाङ्ग देउखुरीको भालुवाङमा बसले ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ ।
काठमाडौँबाट सुर्खेत तर्फ गईरहेको ना ७ ख ५९७१ नम्बरको यात्रु बाहक बसले ठक्कर दिंदा कपिलबस्तु जिल्ला बाणगंगा नगरपालिका—४, स्थायी घर भई हाल भालुवाङ पुल्चोक बजारमा व्यवसाय गर्दै आउनु भएका अन्दाजी बर्ष २४ का बिजय खनालको मृत्यु भएको ईलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ ।
ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक उज्वल सिंहले दिएको जानकारी अनुसार, बिहान करिब साढे ८ बजेको समयमा बाटो क्रस गर्नेक्रममा बसले खनाललाई ठक्कर दिएको थियो । बसको ठक्करबाट गम्भीर घाइते भएका खनालको भालुवाङ अस्पतालमा उपचार गर्ने क्रममा मृत्यु भएको हो ।
ठक्कर दिने बस र चालकलाई नियन्त्रणमालिई यसबारे थप अनुशन्धान भईरहेको प्रहरीले बताएको छ । साथै मृतक खनालको शब पोष्टमार्टमका लागि घोराही पठाउने तयारी भईरहेको पनी प्रहरीले जनाएको छ ।

0 comment