काठमाडौं – सल्यानमा गुडिरहेको बसमाथी ढुङ्गा प्रहार गर्ने ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
यसरी पक्राउ पर्नेहरुमा, शारदा नगरपालिका १४ का २३ वर्षीय प्रदिप रावत, सोही ठाउँका २२ वर्षीय शुसिल कवर, १८ वर्षीय गणेश कवर, २० वर्षीय सदिन्प भण्डारी, २२ वर्षीय दिपक कवर, दिपक रावत, २१ वर्षीय अजय कवर, २२ वर्षीय प्रविन भण्डारी, शारदा नगरपालिका ७ का २२ वर्षीय दिपक बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख नविन कार्कीले जानकारी दिएका छन् ।
रुकुमबाट दाङ तर्फ आउदै गरेको ना ३ ख ९७६४ नम्बरको बसमा उनीहरुले सल्यानको सिद्ध कुमाख गाउँपालिका १ बेलौतीघारीमा ढुङ्गा प्रहार गर्नुका साथै चालक माथि हातपात गरेको प्रहरीले बताएको छ । उक्त समुहको ढुङ्गा प्रहारबाट गाडीको दुबै तर्फको सिसा फुट्नका साथै चालकको मुखमा चोट लागेको प्रहरी प्रमुख कार्कीले जानकारी दिएका छन् ।
प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिई यसबारे अनुसन्धान भइरहेको जनाएको छ ।

0 comment