काठमाडौं – इजरायलबाट २५३ जना नेपाली स्वदेश फर्किएका छन् । उनीहरु सबै नेपाल वायु सेवा निगमको विमानबाट बिहीबार राति फर्किएका हुन् ।
इजरायलको युद्ध ग्रस्तमा फसेका नेपालीलाई लिन नेपालका परराष्ट्रमन्त्री एनपी साउद स्वम आफै गएका थिए । परराष्ट्रमन्त्री एनपी साउदलगायत सरकारी अधिकारी सवार विमान उद्धारका लागि बिहीबार बिहान ३ बजे तेलअबिबस्थित बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेकोे थियो ।
हमास समूहको आक्रमणमा परेर १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने एक जना विद्यार्थी अझै सम्पर्कविहीन छन् । आक्रमण सुरु भएपछि उनीहरूलाई त्यहाँबाट सुरक्षित ठाउँमा स्थानान्तरण गर्नसमेत समस्या परेको थियो ।
नेपाली विद्यार्थीले आफू असुरक्षित रहेको भन्दै सुरक्षित स्थानमा सार्न आग्रह गरेको करिब चार दिनपछि मात्रै उनीहरूलाई पूर्णरूपमा उद्धार गरिएको थियो । सरकारले स्वदेश फिर्ता हुन चाहनेका लागि लिन नेपाल एयरलाइन्सको जहाज सरकारले पठाएको हो ।
ईजरायलले अहिले हमासको क्षेत्र मानीने गाजापट्टिको क्षेत्रलाई निशाना बनाएर युद्ध गरिरहेको छ । उक्त क्षेत्रमा १ लाख भन्दा बढी ईजारायलका सैनिक तैनाथ रहेका छन् ।


0 comment