काठमाडौं – झापामा भ्रष्टाचार गरेको अभियोगमा तीन कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ ।
यसरी पक्राउ पर्नेमा, भूमि आयोगका कर्मचारी मोहन नेपाल, विवेक पोखरेल र कमल खनाल रहेको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले जानकारी दिएका छन् ।
हल्दिबारी–१ का गणेशप्रसाद पौडेलको भोगचलनमा रहेको १२ कठ्ठा ऐलानी जग्गाको मोठ कायम गरिदिने भन्दै घुसवापत ४० हजार रुपैयाँ रकम लिएको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।
प्रजिअ पोखरेलका अनुसार जग्गाको नापी गर्दा लाग्ने राजस्व रकम बैंकमा बुझाउन लगाएपछि आयोगका ती कर्मचारीले ४० हजार रुपैयाँ नगद नै लिएका थिए । उनीहरूलाई जिल्ला प्रहरी कार्यालयको टोलीले रकमसहित पक्राउ गरेको हो ।
प्रहरीले पक्राउ परेका सबै कर्मचारीको बयान लिएर अनुसन्धान कार्य अघि बढाएको जानकारी दिएको छ ।


0 comment