काठमाडौं - बझाङ केन्द्रविन्दु भएर आज पनि भूकम्प गएको छ।
बझाङको भातेखोला केन्द्रबिन्दु भएर शनिबार बिहान ११:४५ मा ५.३ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको हो।
हिजो राती बझाङको चैनपुर केन्द्रविन्दु भएर दुई पटक भूकम्प गएको थियो।
मंगलबार अपराह्न २ बजेर ४३ मिनेटमा बझाङ केन्द्रबिन्दु भएर ६.३ रेक्टर स्केलको भूकम्प गएको थियो। भूकम्पबाट बझाङमा एक जनाको मृत्यु भएको छ।
भूकम्प मापन केन्द्रका अनुसार मंगलबार दिउँसो बझाङ केन्द्रविन्दु बनाएर ८ पटक र राति ४ पटक भूकम्पको धक्का महसुस गरिएको थियो।
मंगलबार अपराह्नको ६.३ रेक्टर स्केलको भूकम्पपछि उक्त क्षेत्रमा बारम्बार पराकम्पहरु पनि गइरहेका छन्।


0 comment